काठमाडौ ः श्री बागेश्वोरी सानाकिसान कृषि सहकारी सन्था लि. को चौथो वार्षिक साधारण सभा सप्पन्न भएको छ । कार्यक्रममा खाडादेबी गाउपालिका अध्यक्ष प्रेम ब. तामाङको प्रमुख आतिथ्य, उपाध्यक्ष मखमली श्रेष्ठ, १ न वडाअध्यक्ष बिष्णु कु. श्रेष्ठ, ४ न. वडाअध्यक्ष धन ब. मानन्धर, नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) रामेछापको जिल्ला सदस्य मान ब. तामाङलगायत अन्य अतिथिहरुको उपस्थितिमा उद्घाटन भएको थियो । खाँडादेवी गाउँपालिकाका अध्यक्ष तामाङले सहकारी क्षेत्रसँग सहकार्य गरेर गाउँपालिकालाई समृद्ध बनाउन सकिने बताउनुभएको छ । उहाँले निजी क्षेत्र, सहकारी र स्थानीय सरकारबीच समन्वय गरेर समृद्धिको सपना साकार हुने बताउनुभएको हो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मखमली श्रेष्ठले सहकारीको माध्यमबाट कृषि क्षेत्रको विकासमा योगदान दिने बताउनुभयो । खाँडादेवी गाउँपालिका–१ राकाथुमका वडा अध्यक्ष विष्णु कु. श्रेष्ठले सहकारीले गाउँको विकासमा योगदान दिने धारणा व्यक्त गर्नुभयो । संस्थाको अध्यक्ष रुद्र बहादुर श्रेष्ठले सहकारीको भावी कार्ययोजना प्रस्तुत गर्दै शेयर सदस्यले कृषीमा सहुलियत ब्याजदरमा ऋण लिन सकिने र संस्...