Posts

Showing posts from December, 2025

खाँडादेवी जेसीजको पाचौँ वार्षिक साधारणसभा तथा शाखा अधिवेशन सम्पन्न

Image
खाँडादेवी जेसीजको पाचौँ वार्षिक साधारणसभा तथा शाखा अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले जेसी सुदिप श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । निर्वाचित नयाँ कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा जेसी सन्दिप श्रेष्ठ र जेसी पारस खड्का, उपाध्यक्षमा जेसी राज मैनाली, जेसी इश्वर श्रेष्ठ, जेसी शेखर राज श्रेष्ठ, जेसी कुशल खड्का पनि निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, जेसीजको विधानअनुसार सो कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्रेष्ठले कानुनी सल्लाहकारमा जेसी सम्झना श्रेष्ठ, महासचिवमा जेसी तेज कुमार श्रेष्ठ, कोषाध्यक्षमा जेसी असिम श्रेष्ठलाई मनोनित गरेका छन् ।  अधिवेशनको प्रमुख अतिथी काठमाडौँ जेसीज वर्ष २०२३ का अध्यक्ष सिनेटर रफि भण्डारीले पानसमा दियो बालेर कार्यक्रमको समुुद्घाटन गर्नु भएको थियो । विशेष अतिथीमा खाँडादेवी जेसीजको संस्थापक अध्यक्ष जेसी होमराज श्रेष्ठ, अतिथीहरुमा काठमाडौँ लेडि २०२५ कि अध्यक्ष जेसी तुलसी थापा, युवा व्यवसायी राज मैनाली, युवा नेता एवं समाजसेवी प्रबिण श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।  सभाले वर्ष २०२६ को  निर्वाचन प्रक्रिया...