Posts

Showing posts from January, 2022

खाँडादेवी जेसिसको पद हस्तान्तरण समारोह सम्पन्न

Image
  १६ माघ, रामेछाप ।  खाँडादेवी जेसिजको वर्ष २०२२ का लागि पहिलो पद स्थापना तथा पद हस्तान्तरण समारोह सम्पन्न भएको छ । जेसी सम्झना श्रेष्ठको नेतृत्वलाई वर्ष २०२१ को समितिले पद हस्तान्तरण गरेको हो । वर्ष २०२१ का अध्यक्ष जेसी होमराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रलाई सम्बोधन गर्दै नेकपा एमालेका रामेछापका इन्चार्ज समेत रहेका बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले नयाँ नेतृत्वलाई कृषि खेलकदु र सांंस्कृतिलाई जोडेर कार्यक्रम सञ्चालन गर्न आग्रह गरे । समाज सेवाका काम गर्दै आएको र आगामी दिनमा पनि यहाँका बिपन्न समुदायको हित काम हुने उनले विश्वास व्यक्त गरे । उक्त कार्यक्रममा खाँडादेवी गाँउपालिका अध्यक्ष प्रेमबहादुर तामाङ, उपाध्यक्ष मखमली श्रेष्ठ, नेपाल जेसीजकी राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी रमा प्याकुरेल , राष्ट्रिय उपाध्यक्ष जेसी जीवन श्रेष्ठ, राष्ट्रिय उपाध्यक्ष जीवन कार्की, राष्ट्रिय महासचिव कृष्ण सापकोटा, खाँडादेवी जेसीजको मातृत्व शाखा काठमाडौं जेसीज बर्ष २०२२ का अध्यक्ष अनुप सुनार लगाएत विभिन्न शाखाका अध्यक्षहरु,पुर्व अध्यक्षहरुको सहभागीता रहेको...
Image
  बागेश्वरी सहकारीको साधारण सभा तथा अधिवेशन सम्पन्न बागेश्वरी सानाकिसान कृषि सहकारी संस्था लि को छैठौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन आज सम्पन्न भएको छ । संस्थाको अध्यक्ष रुद्र बहादुर श्रेष्ठको सभापतित्व एवं नेकपा एमाले, केन्द्रीय सदस्य माधवप्रसाद ढुंगेलको प्रमुख अतिथ्यतामा सभा सम्पन्न भएको हो । साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथी माधव ढुंगेलले सहकारीले आर्थिक कारोबारमा मात्र सिमित नभएर सदस्यहरुको आर्थिक विकासका लागि कृषिमा लगानी गर्नुपर्ने बताएका थिए । अन्य बिशेष अतिथिहरुमा नेकपा माओवादी केन्द्रका रामेछाप जिल्ला सदस्य मान बहादुर बम्जन, खाँडादेवी जेसीजको संस्थापक अध्यक्ष जेसी होमराज श्रेष्ठ, नेपाल क्वान मुकान कराँते डो संघको केन्द्रिय सदस्य मकर श्रेष्ठको उपस्थित रहेको थियो ।  कार्यक्रममा संस्थाको अध्यक्ष रुद्र बहादुर श्रेष्ठले वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै गत आवमा ९० लाख पुजि सहित ५८० जना पु¥याएको बताए । लेखा संयोजक विनोदकुमार श्रेष्ठले वार्षिक लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा लेखा प्रतिवेदन प्रस्तुत गर्दै श्रेष्ठले चालु आवमा १ करोड शेयर...