बागेश्वरी सहकारीको साधारण सभा तथा अधिवेशन सम्पन्न
बागेश्वरी सानाकिसान कृषि सहकारी संस्था लि को छैठौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन आज सम्पन्न भएको छ । संस्थाको अध्यक्ष रुद्र बहादुर श्रेष्ठको सभापतित्व एवं नेकपा एमाले, केन्द्रीय सदस्य माधवप्रसाद ढुंगेलको प्रमुख अतिथ्यतामा सभा सम्पन्न भएको हो । साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथी माधव ढुंगेलले सहकारीले आर्थिक कारोबारमा मात्र सिमित नभएर सदस्यहरुको आर्थिक विकासका लागि कृषिमा लगानी गर्नुपर्ने बताएका थिए । अन्य बिशेष अतिथिहरुमा नेकपा माओवादी केन्द्रका रामेछाप जिल्ला सदस्य मान बहादुर बम्जन, खाँडादेवी जेसीजको संस्थापक अध्यक्ष जेसी होमराज श्रेष्ठ, नेपाल क्वान मुकान कराँते डो संघको केन्द्रिय सदस्य मकर श्रेष्ठको उपस्थित रहेको थियो ।
कार्यक्रममा संस्थाको अध्यक्ष रुद्र बहादुर श्रेष्ठले वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै गत आवमा ९० लाख पुजि सहित ५८० जना पु¥याएको बताए । लेखा संयोजक विनोदकुमार श्रेष्ठले वार्षिक लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा लेखा प्रतिवेदन प्रस्तुत गर्दै श्रेष्ठले चालु आवमा १ करोड शेयर पुजि बनाउने लक्ष्य लिएको बताए । सहकारी अभियान ब्यवस्थित रुपमा सञ्चालन गर्न सरकारका सबै नियामक, केन्द्रिय र विषयगत संघहरुसँग समन्वय गरेर अघि बढ्ने उनले जनाए । सहकारी शिक्षा र तालिम सदस्यहरुको मागअनुसार उपलब्ध गराउने र कृषी लगानीमा जोड दिने पनि बताए ।
संस्थाको सदस्य सन्दिप श्रेष्ठले स्वागत मन्तव्य र सचिव सुदिप श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।
यस्तै अधिवेशनले खड्ग बहादुर श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति सर्वसहमतिमा चयन गरेको छ । समितिको उपाध्यक्षमा राजकुमार श्रेष्ठ, सचिवमा बिनोद कुमार श्रेष्ठ, कोषाध्यक्षमा सुदिप श्रेष्ठ, सदस्यहरुमा पदम बहादुर श्रेष्ठ, पुनमाया श्रेष्ठ, बिना श्रेष्ठ, चेत नारायण श्रेष्ठ, इन्द्र बहादुर श्रेष्ठ रहेको निर्वाचन समिति संयोजक राम भक्त श्रेष्ठले बताए ।
संस्थापक अध्यक्ष समेत रहेका रुद्र बहादुर श्रेष्ठ २ कार्यकाल अध्यक्ष पदमा रही नयाँ समितिलाई पद हस्ताणतरन गरिएको हो । सभामा बोल्दै अध्यक्षले सहकारीको नयाँ टिमलाई बधाई दिदैँ सहकारी उन्नतीको लागि सबै समितिले उतिकै जिम्मेवारी भई समुहमा रहेर काम गर्नुपर्नेमा जोड दिनुभयो । संस्थाको कार्यालय ब्यवस्थापनको लागि आफ्नै जग्गामा भवन निर्माण कार्य अघि बढेको र अब आउने नयाँ समितिले उक्त भवन सम्पन्नको लागि महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो । २०७२ साल साउन २८ गते सहकारी डिभिजन कार्यालय दोलखामा दर्ता भएको उक्त सहकारी दर्ता पक्रियामा धेरै मेहनत, संघर्ष साथै समितिबाट पाएको साथले आज यहाँसम्म आइपुगेको बताउनुभयो । समितिलाई धन्यवाद दिदैँ सबैलाई प्रशंशा पत्र पनि दिएको थियो ।
सञ्चालक समिति ः
अध्यक्ष ः खड्क बहादुर श्रेष्ठ
उपाध्यक्ष ः राज कुमार श्रेष्ठ
कोषाध्यक्ष ः सुदिप श्रेष्ठ
सचिव ः विनोदकुमार श्रेष्ठ
सदस्य ः पदम बहादुर श्रेष्ठ
सदस्य ः पुनमाया श्रेष्ठ
सदस्य ः बिना श्रेष्ठ
सदस्य ः चेत नारायण श्रेष्ठ
सदस्य ः इन्द्र बहादुर श्रेष्ठ
लेखा समिति ः
लेखा संयोजक ः रामकुमार श्रेष्ठ
सदस्य ः सन्दिप श्रेष्ठ
सदस्य ः अर्जुन श्रेष्ठ
ऋण उपसमिति ः
ऋण संयोजक ः मिन कुमार श्रेष्ठ–प्रबिन
सदस्य ः शंकर श्रेष्ठ
सदस्य ः कुमार श्रेष्ठ
अनुगमन उपसमिति ः
अनुगमन संयोजक ः साजन श्रेष्ठ
सदस्य ः मिलन श्रेष्ठ
सदस्य ः राम कुमार श्रेष्ठ
शिक्षा उपसमिति ः
शिक्षा संयोजक ः सबिन श्रेष्ठ
सदस्य ः सुरेन्द्र श्रेष्ठ
सदस्य ः इन्द्रलाल श्रेष्ठ
Comments
Post a Comment