खाँडादेवी जेसीजको क्यालेन्डर विमोचन एवं शुभकामना कार्यक्रम सम्पन्न
२०८२ वैशाख १३ गते शनिवारको दिन खाँडादेवी जेसीजले नव बर्ष २०८२ सालको क्यालेण्डर विमोचन एवं शुभकामना आदान प्रदान कार्यक्रम खाँडादेवी जेसीजको सचिवालयमा जेसीज तथा ननजेसीजहरु बिच सम्पन्न भएको छ ।
खाँडादेवी जेसीजका शाखा अध्यक्ष जेसी सरिता श्रेष्ठको अध्यक्षता र खाँडादेवी गाउँपालिकाको अध्यक्ष ज्ञान कुमार श्रेष्ठको प्रमुख आतिथ्यता कार्यक्रम सु–सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा नेपाल जेसीजको एरिया सि अन्तर्गत रहेको शाखाहरु जेसिआई काभ्रे, जेसिआ
ई किर्तिपुर, जेसिआई नाल्दुम नगरकोट, जेसिआई इमाडोल, जेसिआई लुभु, जेसिआई बुढानिलकण्ठ, जेसिआई बालकोट, जेसिआई गोदावरी, जेसिआई बालाजुबाट शाखा अध्यक्ष एवं पुर्व अध्यक्षहरुको उपस्थित रहेको थियो ।
ई किर्तिपुर, जेसिआई नाल्दुम नगरकोट, जेसिआई इमाडोल, जेसिआई लुभु, जेसिआई बुढानिलकण्ठ, जेसिआई बालकोट, जेसिआई गोदावरी, जेसिआई बालाजुबाट शाखा अध्यक्ष एवं पुर्व अध्यक्षहरुको उपस्थित रहेको थियो ।
संस्थाकोे कानुनी सल्लाहकार जेसी बिनोद कुमार श्रेष्ठको संयोजकत्वमा भएको उक्त कार्यक्रम कार्यकारीणी उपाध्यक्ष जेसी सुदिप श्रेष्ठले संचालन गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष तेज कुमार श्रेष्ठले राख्नुभयो भने जेसीज आस्थापाठ उपाध्यक्ष रमिला मोक्तानले गर्नुभयो ।
संस्थाको क्यालेन्डर ३००० थान छापिएको र उक्त क्यालेन्डरहरु जेसीज सम्बन्धी जानकारी मुलक सन्देश, आफ्नो दैनिकी कार्यक्रमलाई सहज होस् भन्ने उदेश्यले खाँडादेवी जेसीजको क्यालेन्डर प्रकाशन गरिएको कार्यक्रम संयोजक विनोद श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रमको बिशिष्ट अतिथि खाँडादेवी जेसीजको सस्थापक अध्यक्ष जेसी होमराज श्रेष्ठ ज्यूले नयाँ वर्षमा नयाँ रणनीति सहित अघि बढ्न सबैलाइ सुझाव दिनुभयो ।
खाँडादेवी जेसीजले आयोजना गर्ने युवा उद्यमी सम्बन्धी कार्यक्रममा खाँडादेवी पालिकाको तर्फबाट सदैव सहयोग रहने पालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले पतिवद्धता ब्यक्त गर्नुभयो ।
संस्थाकोे अध्यक्ष जेसी सरिता श्रेष्ठले सामाजिक क्षेत्र र जेसीज सदस्यहरु बिच आपसि सम्बन्ध र बन्धुत्वको भावना बिकास गराउन क्यालेन्डर प्रकाशन गरेको बताउनुभयो । सो अवसरमा अन्य अतिथीहरुले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान गरिएको थियो ।
![]() |
भित्तेपात्रो प्रकाशनमार्फत खाँडादेवी जेसीजको लागि सहयोग गर्नुहुने विज्ञापनदाता एर्व शुभचिन्तकहरुलाई सम्मान स्वरुप प्रशंसा पत्र पनि प्रदान गरेको थियो ।







Comments
Post a Comment