Posts

Showing posts from 2023

खाँडादेवी जेसीजको अध्यक्षमा ओमराज श्रेष्ठ निर्वाचित

Image
२५ मंसिर, काठमाडौं । खाँडादेवी जेसीजको तेस्रो शाखाको अधिवेशनबाट जेसी ओमराज श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् । खाँडादेवी जेसीजको सित्खामा सम्पन्न तेस्रो अधिवेशनले अध्यक्षको नेतृत्वमा आगामी एक वर्षको लागि नयाँ नेतृत्व चयन गरेको हो । कार्यकारिणी उपाध्यक्षद्धयमा जेसी तेज कुमार श्रेष्ठ, जेसी असिम श्रेष्ठ, उपाध्यक्षहरु, जेसी अर्जुन श्रेष्ठ, जेसी सन्दीप श्रेष्ठ, जेसी मेलिना श्रेष्ठ र जेसी सुस्मिता पोडेल रहेका छन् ।  खाँडादेवी जेसीजको विधानअनुसार अध्यक्ष १, कार्यकारिणी उपाध्यक्ष २, उपाध्यक्ष ४ गरि ७ जना निर्वाचित तथा महासचिव, कानुनी सल्लाहकार र कोषाध्यक्ष अध्यक्षबाट मनोनित हुने ब्यवस्था छ । जस अनुसार नवनिर्वाचित अध्यक्षले वर्ष २०२४ को लागि कानुनी सल्लाहकारमा जेसी विपिनराज श्रेष्ठ, महासचिवमा जेसी सुुदिप श्रेष्ठ र कोषाध्यक्षमा सरिता श्रेष्ठलाई मनोनित गरेका छन् । त्यसैगरि सह–सचिवमा जेसी मन्दिरा श्रेष्ठ, सह–कोषाध्यक्षमा जेसी ईश्वर श्रेष्ठ मनोनित भएका छन् भने तालिम तालिम संयोजकमा जेसी प्रेम श्रेष्ठ, शखा संयोजकमा जेसी बिमला श्रेष्ठ, कार्यक्रम संयोजकमा जेसी श्याम श्रेष्ठ र आर्थिक संयोजकमा जेस...