खाँडादेवी जेसीजको अध्यक्षमा ओमराज श्रेष्ठ निर्वाचित
२५ मंसिर, काठमाडौं ।
खाँडादेवी जेसीजको तेस्रो शाखाको अधिवेशनबाट जेसी ओमराज श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् । खाँडादेवी जेसीजको सित्खामा सम्पन्न तेस्रो अधिवेशनले अध्यक्षको नेतृत्वमा आगामी एक वर्षको लागि नयाँ नेतृत्व चयन गरेको हो । कार्यकारिणी उपाध्यक्षद्धयमा जेसी तेज कुमार श्रेष्ठ, जेसी असिम श्रेष्ठ, उपाध्यक्षहरु, जेसी अर्जुन श्रेष्ठ, जेसी सन्दीप श्रेष्ठ, जेसी मेलिना श्रेष्ठ र जेसी सुस्मिता पोडेल रहेका छन् ।
खाँडादेवी जेसीजको विधानअनुसार अध्यक्ष १, कार्यकारिणी उपाध्यक्ष २, उपाध्यक्ष ४ गरि ७ जना निर्वाचित तथा महासचिव, कानुनी सल्लाहकार र कोषाध्यक्ष अध्यक्षबाट मनोनित हुने ब्यवस्था छ । जस अनुसार नवनिर्वाचित अध्यक्षले वर्ष २०२४ को लागि कानुनी सल्लाहकारमा जेसी विपिनराज श्रेष्ठ, महासचिवमा जेसी सुुदिप श्रेष्ठ र कोषाध्यक्षमा सरिता श्रेष्ठलाई मनोनित गरेका छन् । त्यसैगरि सह–सचिवमा जेसी मन्दिरा श्रेष्ठ, सह–कोषाध्यक्षमा जेसी ईश्वर श्रेष्ठ मनोनित भएका छन् भने तालिम तालिम संयोजकमा जेसी प्रेम श्रेष्ठ, शखा संयोजकमा जेसी बिमला श्रेष्ठ, कार्यक्रम संयोजकमा जेसी श्याम श्रेष्ठ र आर्थिक संयोजकमा जेसी रेश्मा श्रेष्ठ रहेका छन् ।
खाँडादेवी जेसीज वर्ष २०२३ को अध्यक्ष जेसी विनोद कुमार श्रेष्ठको अध्यक्षता, खाँडादेवी गाउँपालिका–२ को वडा अध्यक्ष केशव प्रधानको प्रमुख आतिथ्यताको समुद्घाटन उक्त अधिवेशनमा विशेष अतिथीमा मातृत्व शाखा काठमाडौँ जेसीजको वर्ष २०२३ को अध्यक्ष जेसीआई सिनेटर रफि भण्डारी र संस्थापक अध्यक्ष जेसी होमराज श्रेष्ठको उपस्थिती रहेको थियो । अधिवेशन उद्घाटन समारोहमा प्रमखु अतिथी प्रधानले युवाहरुको नेतृत्व व्यक्तित्व विकास गर्ने संस्था जेसीजलाई स्थानीय सरकारले विविध कार्यक्रममा सहयोग गर्ने व्यक्त गर्नुभयो ।
वर्ष २०२४ को पदाधिकारीहरुः
अध्यक्ष ः– जेसी. ओमराज श्रेष्ठ
कार्यकारिणी उपाध्यक्षः– जेसी. तेज कुमार श्रेष्ठ
कार्यकारिणी उपाध्यक्ष ः– जेसी. असिम श्रेष्ठ
कानुनी सल्लाहकारः– जेसी. बिपिन राज श्रेष्ठ
महासचिव ः जेसी सुदिप राज श्रेष्ठ,
कोषाध्यक्ष ः जेसी सरिता श्रेष्ठ
उपाध्यक्षहरुः– जेसी. अर्जुन श्रेष्ठ, जेसी. सन्दीप श्रेष्ठ, जेसी. मेलिना श्रेष्ठ र जेसी. सुस्मिता पौडेल
सह–सचीवः– जेसी. मन्दिरा श्रेष्ठ
सहः– कोषाध्यक्षः– जेसी. इस्वर श्रेष्ठ
तालिम संयोजकः– जेसी. प्रेम श्रेष्ठ,
शाखा संयोजकः– जेसी. बिमला श्रेष्ठ
कार्यक्रम संयोजकः– जेसी. श्याम श्रेष्ठ
आर्थिक संयोजकः– जेसी. रेश्मा श्रेष्ठ




Comments
Post a Comment