Posts

खाँडादेवी जेसीजको पाचौँ वार्षिक साधारणसभा तथा शाखा अधिवेशन सम्पन्न

Image
खाँडादेवी जेसीजको पाचौँ वार्षिक साधारणसभा तथा शाखा अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले जेसी सुदिप श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । निर्वाचित नयाँ कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा जेसी सन्दिप श्रेष्ठ र जेसी पारस खड्का, उपाध्यक्षमा जेसी राज मैनाली, जेसी इश्वर श्रेष्ठ, जेसी शेखर राज श्रेष्ठ, जेसी कुशल खड्का पनि निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, जेसीजको विधानअनुसार सो कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्रेष्ठले कानुनी सल्लाहकारमा जेसी सम्झना श्रेष्ठ, महासचिवमा जेसी तेज कुमार श्रेष्ठ, कोषाध्यक्षमा जेसी असिम श्रेष्ठलाई मनोनित गरेका छन् ।  अधिवेशनको प्रमुख अतिथी काठमाडौँ जेसीज वर्ष २०२३ का अध्यक्ष सिनेटर रफि भण्डारीले पानसमा दियो बालेर कार्यक्रमको समुुद्घाटन गर्नु भएको थियो । विशेष अतिथीमा खाँडादेवी जेसीजको संस्थापक अध्यक्ष जेसी होमराज श्रेष्ठ, अतिथीहरुमा काठमाडौँ लेडि २०२५ कि अध्यक्ष जेसी तुलसी थापा, युवा व्यवसायी राज मैनाली, युवा नेता एवं समाजसेवी प्रबिण श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।  सभाले वर्ष २०२६ को  निर्वाचन प्रक्रिया...

जेसीआई खाँडादेवीद्वारा ‘पब्लिक स्पिकिङ ट्रेनिङ' भव्य रूपमा सम्पन्न ।

Image
भक्तपुर (७ जुलाई, २०२५) : युवा नेतृत्व र क्षमता विकासको लक्ष्यसहित जेसीआई खाँडादेवीको आयोजनामा ‘Public Speaking Training' कार्यक्रम आज जिरे खुर्सानी रेस्ट्रो, लोकन्थलीमा सम्पन्न भएको छ। उक्त कार्यक्रम नेपाल जेसीज बर्ष २०२५ का राष्ट्रिय अध्यक्ष जेसीआइ सिनेटर रजनी थापा ज्यू को प्रमुख आतिथ्यता र जेसीआई खाँडादेवी बर्ष २०२५ कि अध्यक्ष जेसी सरिता श्रेष्ठ 'सरु' को अध्यक्षतामा  भएको थियो । जेसीआई खाँडादेवी, बर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष जेसी सुदिप राज श्रेष्ठ ज्यूको संयोजकत्वमा भएको उक्त कार्यक्रम जेसीआई खाँडादेवी बर्ष २०२५ का कानुनी सल्लाहकार जेसी बिनोद कुमार  श्रेष्ठ ज्यूले कुशलता पूर्वक संचालन गर्नुभएको थियो भने तालीम  प्रशिक्षक  नेपाल जेसीज बर्ष २०२५ का राष्ट्रिय उपाध्यक्ष  जेसी बबिता पाण्डे  ज्यू रहनुभएको  थियो।  त्यसैगरि कार्यक्रममा जेसीज आस्था जेसीआई खाँडादेवी, बर्ष २०२५ का निवर्तमान अध्यक्ष जेसी ओमराज श्रेष्ठ ज्यू ले बाचन गर्नुभएको थियो भने मिसन भिजन जेसीआई खाँडादेवी, बर्ष २०२५ का कोषाध्यक्ष जेसी तेज कुमार श्रेष्ठ ज्यू ले बाचन गर्नुभएको थियो ...

चीलबाट सिक्न सकिने छ नेतृत्व सिद्धान्तहरू

Image
१. चीलहरू एक्लै र उच्च उचाइमा उड्छन्। तिनीहरू भँगेरा, काग र अन्य साना चराहरूसँग उड्दैनन्। अर्थ; संकीर्ण विचारधारा भएका मानिसहरूबाट टाढा रहनुहोस्, जसले तपाईंलाई तल झार्न मद्दत गर्छन्। चील चीलहरूसँग उड्छ। राम्रो संगत राख्नुहोस्। २. चीलहरूको सही दृष्टिकोण हुन्छ। तिनीहरूसँग ५ किलोमिटर टाढासम्म कुनै पनि कुरामा ध्यान केन्द्रित गर्ने क्षमता हुन्छ। जतिसुकै बाधाहरू किन नहोस्, चीलले शिकारलाई नसमातेसम्म आफ्नो ध्यान शिकारबाट हटाउँदैन। अर्थ; दृष्टि राख्नुहोस् र जतिसुकै बाधाहरू आए पनि ध्यान केन्द्रित गर्नुहोस् र तपाईं सफल हुनुहुनेछ। ३. चीलहरूले मरेका चीजहरू खाँदैनन्। तिनीहरूले ताजा शिकार मात्र खान्छन्। अर्थ; आफ्नो विगतको सफलतामा भर नपर्नुहोस्, जित्नको लागि नयाँ सीमाहरू खोजिरहनुहोस्। आफ्नो विगतलाई जहाँ छ, विगतमा छोड्नुहोस्। ४. चीलहरूलाई आँधी मन पर्छ। जब बादलहरू जम्मा हुन्छन्, चील उत्साहित हुन्छ, चीलले आफूलाई माथि उठाउन आँधीबेहरीको प्रयोग गर्दछ। एक पटक आँधीबेहरीको हावा फेला परेपछि, चीलले बादलभन्दा माथि उठ्नको लागि क्रोधित आँधीको प्रयोग गर्छ। यसले चीललाई उड्ने र आफ्नो पखेटा आराम गर्ने अवसर दिन्छ। यसैब...

घण्टौको काम मिनेटमा गर्न सघाउने 56+ AI tools

Image
  1. Research - ChatGPT - Claude  - DeepSeek R1 - Gemini - Abacus - Perplexity  2. Image - Midjourney - Dall E-3 - Flux - Stability AI - Grok 3. CopyWriting - Rytr - Copy AI - Writesonic - Adcreative AI - otio 4. Writing - Jasper - HIX AI - Jenny AI - Textblaze - Quillbot 5. Website - 10Web - Durable - Framer - Style AI - Landingsite 6. Video - Sora - Luma - Kling - Pika - InVideo - HeyGen - Runway - ImgCreator AI - Morphstudio .xyz 7. Meeting - Tldv - Otter - Noty AI - Fireflies 8. SEO - VidIQ - Seona AI - BlogSEO - Keywrds ai - Seona 9. Chatbot - Droxy - Chatbase - Mutual info - Chatsimple 10. Presentation - Decktopus - Slides AI - Gamma AI - Designs AI - Beautiful AI - PopAi 11. Automation - Make - Zapier - Xembly - Bardeen 12. UI/UX - Figma - Uizard - UiMagic - Photoshop 13. Design - Canva - Flair AI - Clipdrop - Autodraw - Magician design 14. Logo Generator - Looka - Designs AI - Brandmark - Stockimg AI - Namecheap 15. Audio - Lovo ai - Eleven labs - Songburst AI - A...

खाँडादेवी जेसीजको क्यालेन्डर विमोचन एवं शुभकामना कार्यक्रम सम्पन्न

Image
  २०८२ वैशाख १३ गते शनिवारको दिन खाँडादेवी जेसीजले नव बर्ष २०८२ सालको क्यालेण्डर विमोचन एवं शुभकामना आदान प्रदान कार्यक्रम खाँडादेवी जेसीजको सचिवालयमा जेसीज तथा नन जेसीज हरु बिच सम्पन्न भएको छ । खाँडादेवी जेसीजका शाखा अध्यक्ष जेसी सरिता श्रेष्ठको अध्यक्षता र खाँडादेवी गाउँपालिकाको अध्यक्ष ज्ञान कुमार श्रेष्ठको प्रमुख आतिथ्यता कार्यक्रम सु–सम्पन्न भएको थियो । उक्त कार्यक्रममा नेपाल जेसीजको एरिया सि अन्तर्गत रहेको शाखाहरु जेसिआई काभ्रे, जेसिआ ई किर्तिपुर, जेसिआई नाल्दुम नगरकोट, जेसिआई इमाडोल, जेसिआई लुभु, जेसिआई बुढानिलकण्ठ, जेसिआई बालकोट, जेसिआई गोदावरी, जेसिआई बालाजुबाट शाखा अध्यक्ष एवं पुर्व अध्यक्षहरुको उपस्थित रहेको थियो । संस्थाकोे कानुनी सल्लाहकार जेसी बिनोद कुमार श्रेष्ठको संयोजकत्वमा भएको उक्त कार्यक्रम कार्यकारीणी उपाध्यक्ष जेसी सुदिप श्रेष्ठले संचालन गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष तेज कुमार श्रेष्ठले राख्नुभयो भने जेसीज आस्थापाठ उपाध्यक्ष रमिला मोक्तानले गर्नुभयो । संस्थाको क्यालेन्डर ३००० थान छापिएको र उक्त क्यालेन्डरहरु जेसीज सम्बन्धी जानकारी मुलक...

ठिमी जेसीजले आयोजना गरिएको Jaycees Cup Futsal Turnament मा खाँडादेवी जेसीजको तर्फबाट सहभागी हुँदा लिइएको केही तस्बिरहरु ।

Image
 

खाँडादेवी जेसीजको अध्यक्षमा ओमराज श्रेष्ठ निर्वाचित

Image
२५ मंसिर, काठमाडौं । खाँडादेवी जेसीजको तेस्रो शाखाको अधिवेशनबाट जेसी ओमराज श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् । खाँडादेवी जेसीजको सित्खामा सम्पन्न तेस्रो अधिवेशनले अध्यक्षको नेतृत्वमा आगामी एक वर्षको लागि नयाँ नेतृत्व चयन गरेको हो । कार्यकारिणी उपाध्यक्षद्धयमा जेसी तेज कुमार श्रेष्ठ, जेसी असिम श्रेष्ठ, उपाध्यक्षहरु, जेसी अर्जुन श्रेष्ठ, जेसी सन्दीप श्रेष्ठ, जेसी मेलिना श्रेष्ठ र जेसी सुस्मिता पोडेल रहेका छन् ।  खाँडादेवी जेसीजको विधानअनुसार अध्यक्ष १, कार्यकारिणी उपाध्यक्ष २, उपाध्यक्ष ४ गरि ७ जना निर्वाचित तथा महासचिव, कानुनी सल्लाहकार र कोषाध्यक्ष अध्यक्षबाट मनोनित हुने ब्यवस्था छ । जस अनुसार नवनिर्वाचित अध्यक्षले वर्ष २०२४ को लागि कानुनी सल्लाहकारमा जेसी विपिनराज श्रेष्ठ, महासचिवमा जेसी सुुदिप श्रेष्ठ र कोषाध्यक्षमा सरिता श्रेष्ठलाई मनोनित गरेका छन् । त्यसैगरि सह–सचिवमा जेसी मन्दिरा श्रेष्ठ, सह–कोषाध्यक्षमा जेसी ईश्वर श्रेष्ठ मनोनित भएका छन् भने तालिम तालिम संयोजकमा जेसी प्रेम श्रेष्ठ, शखा संयोजकमा जेसी बिमला श्रेष्ठ, कार्यक्रम संयोजकमा जेसी श्याम श्रेष्ठ र आर्थिक संयोजकमा जेस...