रामेछापमा बाढीले पुल र घर बगायो, २ को मृत्यु, ३ बेपत्ता
१ साउन, रामेछाप। भीषण वर्षापछि आएको बाढीले रामेछापमा सवारी तर्ने पु
ल र दुई घर बगाएको छ । जिल्लाको गोकुलगंगा र लिखु गाउँपालिका भएर बग्ने खिन्ती र छतिवन खोलामा आएको बाढीले घर बगाउँदा २ जनाको मृत्यु भएको छ भने ३ जना हराइरहेका छन् ।
बाढीले घर बगाउँदा छतिवन खोला नजिकै घर भएका कुमार खत्रीकी ७५ वर्षीया आमा लालकुमारी खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । परिवारका अन्य सदस्यले भने भागेर ज्यान जोगाएका छन् ।प्रहरीका अनुसार, इन्द्रबहादुर खत्रीको रोपाइँमा काम गर्न मन्थली नगरपालिका, गेलुबाट आएका वासु भनिने जयप्रकाश कार्कीको शव तामाकोसीको हलेदीमा फेला परेको छ । खत्रीको हराइरहेकी पत्नी भने भेटिएकी छैनन् ।
खिम्ती खोलाको बाढीले घर बगाउँदा अशोक तामाङ र उनकी छोरी बेपत्ता छन् ।उद्धारका लागि प्रहरी नायव उपरीक्षक कुमोद ढुंगेल नेतृत्वको टोली घटनास्थल पुगेको छ । अहिले प्रहरी, नेपाली सेना र स्थानीयले हराइरहेकाको खोजी र उद्धार गरिरहेका छन् ।
मध्यराति आएको बाढीले छतिवन खोलामाथि भर्खरै निर्माण गरिएको सवारी तर्ने पक्की पुल बगाएको छ । बाढीले सवारी तर्ने पुल बगाएपछि उत्तरी रामेछाप, ओखलढुंगा, सोलु र जिरीसँगको सडक सम्बन्ध विच्छेद भएको छ ।
उता, खानीखोलामा आएको बाढीले पुष्पलाल मार्गको डाइभर्सनमा क्षति पुगेको छ । खहरेको कटानका कारण खिम्ती बजारसमेत जोखिममा परेको छ

Comments
Post a Comment