आउँदो वर्षदेखि भाषा परीक्षा पास गरेका ९५ प्रतिशत कोरिया जान पाउने
काठमाडौं, २१ पुस - आउँदो वर्षदेखि भाषा परीक्षा उत्तीर्ण गरेका ९५ प्रतिशत भन्दा बढी रोजगारीका लागि दक्षिण कोरिया जान पाउने भएका छन्।
इपिएस कोरिया शाखाले आउँदो वर्षदेखि भाषा परीक्षा पास गरेका तर रोजगारीका लागि कोरिया जान नपाएकाको संख्या ५ प्रतिशतमा झार्ने तयारी भइरहेको जनाएको छ। रोजगारीका लागि कोरियामा कोटा बढाउन लगातार लबिङ गरिरहेको र कोरिया सरकार पनि सकारात्मक देखिएकाले आउँदो वर्षदेखि भाषा परीक्षा पास भएका ९५ प्रतिशत भन्दा बढी कोरिया जान पाउने शाखाका प्रमुख डिल्लीराम बास्तोलाले जानकारी दिए।
उनका अनुसार कोटा बढाउन कोरिया सरकार सकारात्मक देखिएको र भाषा परीक्षामा पनि कडाई गरिएकाले पास भएका ९५ प्रतिशत कोरिया जान पाउने छन्। यस्तै कोरिया शाखाले कृषि र उत्पादनमुलक क्षेत्र बाहेकमा पनि नेपाली कामदारलाई अवसर दिन माग गरेको छ।
शाखाले निर्माण तथा पूर्वाधार क्षेत्रमा पनि नेपाली युवा दक्ष रहेकाले अवसर दिन कोरियासँग औपचारिक आग्रह गरेको हो। कोरियाले अहिले कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमका लागि मात्रै नेपाली कामदार लैजाने गरेको छ।
यसैबिच नेपालले सन् २०१३ मा चौथो भाषा परीक्षा पास गरेकालाई यहि महिना वा अर्को महिनाको कोटामा पार्न पनि कोरियासँग आग्रह गरेको छ। २०१३ मा भाषा परीक्षा पास गरेर रोजगारीका लागि कोरिया जान पर्खिरहेकाको म्याद सकिन लागेकाले उनीहरुलाई उच्च प्राथमिकतामा राखेर कोटा पठाउन नेपालले आग्रह गरेको हो। चौथो भाषा परीक्षा पास गरेका झण्डै एक हजार जना कोरिया जान प्रतिक्षारत छन्।

Comments
Post a Comment