Posts

Showing posts from September, 2015

नाका बन्द गरेपछि नेपालीले लेखे मोदी लाइ खुला पत्र २मिनेट लाग्छ एक पटक अबस्य पढ्न नबिर्सनु होला।

Image
Sunita P Neupane २मिनेट लाग्छ एक पटक अबस्य पढ्न नबिर्सनु होला। गरीब हुनु , भिकारी हुनु होइन : मोदीलाई हामि नेपालीको खुला पत्र Letter to Modi from Nepali डियर मोदी काका , हो तिमी हामी भन्दा 22 गुना ठुला छौ तर याद राख , हामी तिमी भन्दा 22 गुना बलिया छौ।यो पनि बुझ हामीलाइ नाकाबन्दी गरे तिमीलाइ ४ खर्ब ४५ अर्ब घाटा हुन्छ । सानो हुनु , कमजोर हुनु होइन । गरीब हुनु , भिकारी हुनु होइन । जे खाइरहेछौं , किनेर खाइरहेछौं । तिम्रो हस्तक्षेप र धम्की हामीलाइ कदापी स्बिकार्य छैन । तिमी जस्ता ब्रीटिसको जुत्ताको तलुवा चाटेर स्वतन्त्र भएकालाई के थाहा अक असल छिमेकीको सम्मान कसरी गर्नु पर्छ भन्ने कुरा । नेपाल मात्र इतिहासको एउटा यस्तो देश हो जसलाइ कसैले शासन गर्न सकेनन। इतिहास साक्षी छ , हामी कसैको गुलाम बन्न चाहेनौ।बरु भोकै मरिन्छ स्वाबिमान बेचिन्न । पानी नखाइ युद्द गरेर जितेका बिरहरुका छोरा नाति हौ हामी ।परिआए अवका युवा देशका लागि जसरी पनि लढ्न सक्छन कसैको साथ ...

फेरि भूकम्पको धक्का, सर्वसाधारण निस्के घर बाहिर

काठमाडौं– राजधानीमा भूकम्पको धक्का अनुभव गरिएको छ। दिउसो १२ बजेर २० मिनेट जाँदा काठमाडौं वरिपरिको क्षेत्रमा भूकम्पको धक्का अनुभव गरिएको हो। वैशाख १२ गते विनाशकारी भूकम्प गएयता परकम्प जाने क्रम रोकिएको छैन। पाँच महिना पछि पनि भूकम्पले काठमाडौंलाई मंगलबार हल्लाएको हो। मध्य दिउसो परकम्पले हल्लाउँदा सर्वसाधारण घर बाहिर निस्किए। कार्यालयमा रहेका कर्मचारीहरु समेत घर बाहिर निस्केका छन्।

नरेन्द्र मोदीलाई खुल्लापत्र : सच्चा नेपालीलाई जिस्काउने कोसिस नगर् !

Image
हे नरेन्द्र मोदी ! सार्वभौमसत्ता सम्पन्न हामी नेपाली जनताको करिब ७० बर्ष देखिको संविधानसभाबाट लोकतान्त्रिक संविधान बनाउने चाहना आज आएर पूरा भएको छ । ३ करोड जनताको बिचार शतप्रतिशत मिलाउनु भनेको त्यो लगभग असम्भव हो , संबिधानसभाको कुल जनाताबाट निर्वाचित सभासद् मध्ये बहुमत २ तिहाई भन्दा बढी सदस्यले हस्तक्षर गरेको हाम्रो संबिधान संसारकै उत्कृष्ट संबिधान हो । होला , कतिपय कुरा छुटे होलान् । संबिधानमा पछि सम्बोधन गरौँला । कतिपय समस्याको समाधान समयसँग हुन्छ , आशा अनि धैर्यता कायम गरौँ । परिमार्जन गर्नुपर्ने कुराहरू पनि होलान् , परीमार्जन गर्दै जानुपर्दछ भोलिका दिनमा । हेक्का होस् संबिधान आउनासाथ जलाउनु पर्छ भन्नेहरु नेपाली हैनन् । भारत तिमी हाम्रो नजिकको मित्रराष्ट्र हो , बेलामौकामा सहयोग पनि गरेका छौ , नुनदेखि सुन , पेट्रोलदेखि ग्यासमा तिमीमा भर पर्छौँ हामी नेपाली यो पनि सत्य हो । तर यसको अर्थ यो हैन कि सार्वभौमसत्ता सम्पन्न , स्वतन्त्र हामी नेपालीको आन्तरिक माम...