चुम्बन गर्दा केश झर्ने रोग लाग्न थाल्यो भने ?

रक्षा श्रेष्ठ
ऐना भएन भने युवतीहरूको स्थिति कस्तो ?
पानीबिनाको माछा जस्तै हुन्थ्यो, किनभने मैले जस्तै हरेक युवतीले उठ्नेबित्तिकै ऐना हेर्नुपर्छ ।
महिलाको पनि दार्‍ही जुँगा आउने भए के हुन्थ्यो होला ?
महिलाहरू पनि फ्रेन्चकट, बोकेदार्‍ही, जुँगे, झुसुल्ले दार्‍हीमा देखिन्थे होला । बर्बाद नै हुन्थ्यो नि ।
लिपिस्टिक लगाउनेबित्तिकै एलर्जी हुने भए महिलाहरूले के गर्थे होलान् ?
राम्री त हुनैपर्‍यो । औषधी खाएर भए पनि लिपिस्टिक लगाउन छोड्दैनथे होला, म त पर्मनेन्ट पेन्ट कलर लगाइदिन्थे ।
वाथरुममा नुहाउँदा–नुहाउँदै अचानक ढोका खुल्यो भने ?
कस्तो–कस्तो प्रश्न हो ? म त आबुई भन्दै थचक्कै बस्थे । लाजले गर्दा कस्तो हालत हुन्थ्यो होला मेरो ?
टुथब्रसको ब्रस फलामको हुने भए तपाईंको दाँतको हालत कस्तो हुन्थ्यो ?
जीवनमा एक वा दुई पटक ब्रस गरिन्थ्यो होला, फलामले दाँतलाई ब्रस गरेको हो कि दाँतले फलामलाई गरेको हो थाहा हुँदैनथ्यो । अहिलेका टुथब्रस कम्पनी त टाट नै पल्टिन्थे नि ।
स्वीमिङ गर्दा गर्दै कस्ट्युम फुस्कियो भने के गर्नुहुन्छ ?
म त पानीभित्रै लुकेर बस्छु अनि फुस्किएको कस्ट्युम खोज्छु ।
यदि चुम्बन गर्दा केश झर्ने रोग लाग्न थाल्यो भने ?
बरु तालुखुइले हुन तयार छु तर चुम्बन गर्न छोड्दिनँ । तालुखुइले भए पनि ‘विग’ नपाइने हो र ? मेरो यो पनि विग नै त हो, तपाईं पो झुक्किनुभएछ ।
जिग्रीसँग डेटिङका बेला अचानक श्रीमान्सँग जम्काभेट भयो भने ?
म त सुटिङको रिहर्सल गरिरा’छु भनेर ढाँट्थे ।
तपाईंको टाउको जोडेको नाङ्गो तस्बिर सोसल मिडियामा भाइरल भयो भने ?
ए मलाई नै थाहा रहेनछ, मेरो रुप यस्तो हट एन्ड सेक्सी रहेछ भन्दै त्यो पोस्ट गर्ने व्यक्तिलाई धन्यवाद दिन्थें ।

Comments

Popular posts from this blog

जेसीआई खाँडादेवीद्वारा ‘पब्लिक स्पिकिङ ट्रेनिङ' भव्य रूपमा सम्पन्न ।

खाँडादेवी जेसीजको पाचौँ वार्षिक साधारणसभा तथा शाखा अधिवेशन सम्पन्न

खाँडादेवी जेसीजको क्यालेन्डर विमोचन एवं शुभकामना कार्यक्रम सम्पन्न