एक जुगमा एक दिन एकचोटि आउँछ…… (फोटो फिचर)

३ असोज, काठमाडौं । ‘एक जुगमा एक दिन, एकचोटि आउँछ । उलटपुलट, उथलपुथल हेरफेर ल्याउँछ …’
गोपालप्रसाद रिमालले लेखेको गीतमा भनेझै आज नेपालका लागि त्यही दिन हो, जुन दिन जनताले आफ्ना जनप्रतिनिधिमार्फत बनाएको संविधान घोषणा हुँदैछ ।
दोस्रो जनआन्दोलन ०६२/६३ का उपलब्धिहरु गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समानुपातिक समावेशीलाई संस्थागत गर्दै बनेको नयाँ संविधान जारी गर्ने ऐतिहासिक दिनको हो आज ।
एक जुगमा एकपटक आउने दिनका लागि संविधानसभालाई यतिबेला दुलहीजस्तै सिंगारिएको छ ।
साँझ पाँच बजे औपचारिक कार्यक्रमका बीच राष्ट्रपति डा. रामवरण यादवले नेपाली कागजमा छापिएको संविधानमा हस्ताक्षर गर्दै लागू भएको घोषणा गर्नेछन् ।






Comments

Popular posts from this blog

जेसीआई खाँडादेवीद्वारा ‘पब्लिक स्पिकिङ ट्रेनिङ' भव्य रूपमा सम्पन्न ।

खाँडादेवी जेसीजको पाचौँ वार्षिक साधारणसभा तथा शाखा अधिवेशन सम्पन्न

खाँडादेवी जेसीजको क्यालेन्डर विमोचन एवं शुभकामना कार्यक्रम सम्पन्न