नेपालमा एमाओवादी भन्दा नयाँ शक्ति अरु कुनै नभएको र हुन पनि नसक्ने प्रचण्डको ठोकुवा
काठमाडौं, १३ मंसिर । एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा माओवादी भन्दा नयाँ शक्ति कुनै नभएको र हुन पनि नसक्ने ठोकुवा गरेका छन । एमाओवादी निकट कर्मचारी नेपाल राष्ट्रिय कर्मचारी संगठनको तेस्रो महाधिवेशनको उद्घाटन गर्दै प्रचण्डले यतीबेला राष्ट्र संकटमा रहेको र यो संकटको निकासका लागी सम्पुर्ण पार्टीहरु एक हुनुको कुनै विकल्प नभएको बताए ।
पार्टी परीत्याग गरी नयाँ शक्ति गठन गरेका नेता बाबुराम भट्टराईलाई लक्षित गर्दै प्रचण्डले भने अहिलेको आवस्यकता भनेको यहि पार्टीलाई एकताबद्ध बनाएर परिष्कृत र रुपान्तरण गर्दै लानु हो र नयाँ शक्ति बन्ने र बनाउने यहि पार्टीलाई हो, अरु कुनै नयाँ शक्ति छैन हुदैन पनी उनले ठोकुवा गरे । मुलुक संकटमा रहेको र आफु यो अवस्थालाई जति सक्दो चाँडो हल गर्न लागी परेको भन्दै प्रचण्डले केहि दिनमा नै सकारात्मक परिणाम निस्कने विश्वास व्यक्त गरे ।
उनले भने मैले मधेशवादी दल तथा कांग्रेस एमालेसंग छलफल र वार्ता तिब्र बनाएको छु । उनिहरुपनि मुलुकलाई निकास दिन गम्भिर हुनुहुन्छ, आशा गरौ चाडै निकास निस्कन्छ । अहिले छिटो भन्दा छिटो नाकाबन्दी खोलेर जनतालाई निकास दिनुपर्ने भन्दै उनले भने हामी हाम्रा छिमेकीहरु संग मित्रता चाहान्छौ, तर सार्बभौम सम्पन्न स्वतन्त्र राष्ट्र भएकाले आफ्नो स्वाधिनता र आत्मासम्मानलाई सबभन्दा प्यारो ठान्छौ यो भन्दा घटी वा बढि हाम्रो कुनै स्वार्थ छैन ।

Comments
Post a Comment