भक्तपुर (७ जुलाई, २०२५) : युवा नेतृत्व र क्षमता विकासको लक्ष्यसहित जेसीआई खाँडादेवीको आयोजनामा ‘Public Speaking Training' कार्यक्रम आज जिरे खुर्सानी रेस्ट्रो, लोकन्थलीमा सम्पन्न भएको छ। उक्त कार्यक्रम नेपाल जेसीज बर्ष २०२५ का राष्ट्रिय अध्यक्ष जेसीआइ सिनेटर रजनी थापा ज्यू को प्रमुख आतिथ्यता र जेसीआई खाँडादेवी बर्ष २०२५ कि अध्यक्ष जेसी सरिता श्रेष्ठ 'सरु' को अध्यक्षतामा भएको थियो । जेसीआई खाँडादेवी, बर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष जेसी सुदिप राज श्रेष्ठ ज्यूको संयोजकत्वमा भएको उक्त कार्यक्रम जेसीआई खाँडादेवी बर्ष २०२५ का कानुनी सल्लाहकार जेसी बिनोद कुमार श्रेष्ठ ज्यूले कुशलता पूर्वक संचालन गर्नुभएको थियो भने तालीम प्रशिक्षक नेपाल जेसीज बर्ष २०२५ का राष्ट्रिय उपाध्यक्ष जेसी बबिता पाण्डे ज्यू रहनुभएको थियो। त्यसैगरि कार्यक्रममा जेसीज आस्था जेसीआई खाँडादेवी, बर्ष २०२५ का निवर्तमान अध्यक्ष जेसी ओमराज श्रेष्ठ ज्यू ले बाचन गर्नुभएको थियो भने मिसन भिजन जेसीआई खाँडादेवी, बर्ष २०२५ का कोषाध्यक्ष जेसी तेज कुमार श्रेष्ठ ज्यू ले बाचन गर्नुभएको थियो ...
खाँडादेवी जेसीजको पाचौँ वार्षिक साधारणसभा तथा शाखा अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले जेसी सुदिप श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । निर्वाचित नयाँ कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा जेसी सन्दिप श्रेष्ठ र जेसी पारस खड्का, उपाध्यक्षमा जेसी राज मैनाली, जेसी इश्वर श्रेष्ठ, जेसी शेखर राज श्रेष्ठ, जेसी कुशल खड्का पनि निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, जेसीजको विधानअनुसार सो कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्रेष्ठले कानुनी सल्लाहकारमा जेसी सम्झना श्रेष्ठ, महासचिवमा जेसी तेज कुमार श्रेष्ठ, कोषाध्यक्षमा जेसी असिम श्रेष्ठलाई मनोनित गरेका छन् । अधिवेशनको प्रमुख अतिथी काठमाडौँ जेसीज वर्ष २०२३ का अध्यक्ष सिनेटर रफि भण्डारीले पानसमा दियो बालेर कार्यक्रमको समुुद्घाटन गर्नु भएको थियो । विशेष अतिथीमा खाँडादेवी जेसीजको संस्थापक अध्यक्ष जेसी होमराज श्रेष्ठ, अतिथीहरुमा काठमाडौँ लेडि २०२५ कि अध्यक्ष जेसी तुलसी थापा, युवा व्यवसायी राज मैनाली, युवा नेता एवं समाजसेवी प्रबिण श्रेष्ठलगायतको उपस्थिती रहेको थियो । सभाले वर्ष २०२६ को निर्वाचन प्रक्रिया...
२०८२ वैशाख १३ गते शनिवारको दिन खाँडादेवी जेसीजले नव बर्ष २०८२ सालको क्यालेण्डर विमोचन एवं शुभकामना आदान प्रदान कार्यक्रम खाँडादेवी जेसीजको सचिवालयमा जेसीज तथा नन जेसीज हरु बिच सम्पन्न भएको छ । खाँडादेवी जेसीजका शाखा अध्यक्ष जेसी सरिता श्रेष्ठको अध्यक्षता र खाँडादेवी गाउँपालिकाको अध्यक्ष ज्ञान कुमार श्रेष्ठको प्रमुख आतिथ्यता कार्यक्रम सु–सम्पन्न भएको थियो । उक्त कार्यक्रममा नेपाल जेसीजको एरिया सि अन्तर्गत रहेको शाखाहरु जेसिआई काभ्रे, जेसिआ ई किर्तिपुर, जेसिआई नाल्दुम नगरकोट, जेसिआई इमाडोल, जेसिआई लुभु, जेसिआई बुढानिलकण्ठ, जेसिआई बालकोट, जेसिआई गोदावरी, जेसिआई बालाजुबाट शाखा अध्यक्ष एवं पुर्व अध्यक्षहरुको उपस्थित रहेको थियो । संस्थाकोे कानुनी सल्लाहकार जेसी बिनोद कुमार श्रेष्ठको संयोजकत्वमा भएको उक्त कार्यक्रम कार्यकारीणी उपाध्यक्ष जेसी सुदिप श्रेष्ठले संचालन गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष तेज कुमार श्रेष्ठले राख्नुभयो भने जेसीज आस्थापाठ उपाध्यक्ष रमिला मोक्तानले गर्नुभयो । संस्थाको क्यालेन्डर ३००० थान छापिएको र उक्त क्यालेन्डरहरु जेसीज सम्बन्धी जानकारी मुलक...
Comments
Post a Comment