रकम नतिरेपछि नेपाल टेलिभिजनका सबै हास्य टेलिश्रृखला बन्द
काठमाडौं, २३ मंसिर– नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएका हास्य टेलिसिरियलहरु अब बन्द भएका छन् ।
राष्ट्रिय टेलिभिजन च्यानल नेपाल टेलिभिजनका लागि कमेडी सिरियल उपलब्ध गराउँदै आएको मिडिया हबले बक्यौता रकम भुक्तानी नगरेपछि टेलिभिजनले सबै कमेडी सिरियल बन्द गरिदिएको हो ।
स्रोतका अनुसार मिडिया अबले तीतो सत्य, जिरे खुर्सानी, मेरी बास्सै, भद्रगोल, र हाकाहाक्की प्रसारण गरेबापतको ठूलो रकम नतिरेपछि नेपाल टेलिभिजनले यी सिरियलको प्रसारण बन्द गरेको हो । स्रोतले जनाएअनससार मिडिया हब लामो समयदेखि यी सिरियल प्रसारण गरेबापतको ठूलो रकम पटक पटक ताकेता गर्दासमेत नतिरेपछि कार्यक्रम बन्द भएको हो ।

Comments
Post a Comment