अब किन चाहियो महङ्गा श्रृङ्गार सामग्री, यि खानेकुरा खानुस त्यसै सुन्दर र जवान हुनुहुन्छ

Design and Press
काठमाडौं । तपाई हामी कतिपय अवस्थामा आफ्नो अनुहारको छालालाई कसरी चम्किलो बनाउँने भनेर पिरोलिन्छौं । अनुहार चम्किलो र सफा बनाउँने बहानामा हजारौं रुपैयाँ खर्च गर्छौ । तर, अब हामीले के बुझ्नु जरुरी छ भने हामीले केहि खानेकुरामा ख्याल गर्ने हो भने अनुहार सुन्दर बनाउँन किरिम पाउँडर लगाउँनै पर्दैन । आज हामी छाला सुन्दर बनाउँने केहि खानेकुराका बारेमा चर्चा गर्छौ ।
ओखर र सोयाबिन  :
ओखर तथा सोयाबिनमा पाईने ओमेगा–३ फ्याट्टी एसिडलगायत तत्वले छालालाई सुक्खा हुन दिँदैन । यस्तो फ्याट शरीर आफैँले उत्पादन गर्न सक्दैन त्यसैले खाना खानु पर्दछ । यस्ता खानाले छालाको सुक्खापन कम हुँदै जान्छ । ओखर, सोयाबिन, माछा, बदाम, एभोकाडो, जैतुनको तेल आदि बेला–बेला खानुपर्छ ।
अमला, कागती र भेडेखुर्सानी :
छालाको लचकता बढाउँन तथा सुख्खा पनबाट जोगाउँन छालालाई भिटामिन सीयुक्त खानाको जरुरत पर्दछ । अमला, सुन्तला, कागती, भेडे खुर्सानीजस्ता प्रचुर भिटामिन सी पाइने खानामा जोड दिनाले छाला चम्किलो र नरम बन्दै जान्छ ।
गाँजर, बदाम र सूर्यमुखी फूलको बियाँ :
यस्ता खाले खानामा बेटा क्यारोटिन नामक तत्व पाईन्छ । जसले छालालाई जवान र स्वस्थ राख्ने कोषिकाहरू उत्पन्न गर्न मद्दत गर्छ । गाजर, सूर्यमुखी फुलको बियाँ, बदाम आदिमा यो तत्व पाइने भएकाले यिनलाई भोजनमा समावेश गर्नु राम्रो हुन्छ ।
सी फूड, गेडागुडी र प्याज  :
जिंकले शरीरका कोषिकालाई हुर्काउन, बढाउन मद्दत गर्छ । यस्ता कोषिकाले छालालाई जवान र आकर्षक बनाउँछन् । सी–फुड, गेडागुडी र प्याज खानु छालाको स्वास्थका निम्ति फाइदाजनक हुन्छ ।

Comments

Popular posts from this blog

जेसीआई खाँडादेवीद्वारा ‘पब्लिक स्पिकिङ ट्रेनिङ' भव्य रूपमा सम्पन्न ।

खाँडादेवी जेसीजको पाचौँ वार्षिक साधारणसभा तथा शाखा अधिवेशन सम्पन्न

खाँडादेवी जेसीजको क्यालेन्डर विमोचन एवं शुभकामना कार्यक्रम सम्पन्न