रेडियो सुन्नुस्, रिचार्ज कार्ड निःशुल्क पाउनुस्

Design and Press३ पुस-
पोखरामा रहेको सामुदायिक रेडियो गण्डकी ९०।२ मगाहर्जले नयाँ कार्यक्रम रिचार्ज धमाका ल्याएको छ । रेडियोले नेपाल टेलिकमकको सहयोगमा शुरु गरेको कार्यक्रम पोखराको लागि नयाँ भएको दावी गरेको छ । रेडियोले विहान साढे पाँच बजे देखि राती १० बजे भित्र १० वटा रिचार्ज कार्डको पिन नम्बर प्रशारण गर्ने रेडियोका स्टेशन म्यानेजर घनश्याम पाण्डेयले बताए ।

रेडियो सुन्दै गर्दा नेपाल टेलिकमको धुन बजे संगै रेडियो बाट नेपाल टेलिकमको रिचार्ज कार्डको पिन नम्बर प्रसारण हुने र जुन स्रोताले छिटो नम्बर थिचेर रिचार्ज गर्छन उनिहरुको मोबाइलमा सोतह ब्यालेन्स बढ्ने छ । स्रोता लाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रम भएकोले रेडियोको हजारौ स्रोता बढ्ने रेडियोले दाबी गरेको छ ।
जुन सुक्कै समय रिचार्ज कार्डको पिन नम्बर आउन सक्ने बताइएको छ । सो कार्यक्रम पहिलो पटक तिन महिनाको लागि सम्झौता भए पनि स्रोताको रोजाई अनुसार समय थप हुने नेपाल टेलिकमले जनाएको छ । कार्यक्रमले रेडियो गण्डकीका स्रोता , विज्ञापनदाता , टेलिकमका ग्राहक सवै लाई फाइदा पुग्ने बताइएको छ । रेडियो गण्डकीको रिचार्ज धमाका शुरु भए संगै रेडियो सुन्ने स्रोताको संख्या ह्वातै बढेको रेडियोले जनाएको छ ।
रेडियोले अझै न्युज र प्रोग्राम लाई गुणस्तरीय बनाउदै यस क्षेत्रमै स्रोताको मनजित्ने दावी गरेको छ । हजार वाट क्षमता रहेको रेडियो गण्डकी २०६४ सालमा स्थापना भएको सामुदायिक रेडियो हो । पोखराको नयाँ बजारमा रहेको रेडियोको स्टेशन ,रेडियोको टावर भने स्याङजको मट्टिखान डाँडामा रहेको छ ।

Comments

Popular posts from this blog

जेसीआई खाँडादेवीद्वारा ‘पब्लिक स्पिकिङ ट्रेनिङ' भव्य रूपमा सम्पन्न ।

खाँडादेवी जेसीजको पाचौँ वार्षिक साधारणसभा तथा शाखा अधिवेशन सम्पन्न

खाँडादेवी जेसीजको क्यालेन्डर विमोचन एवं शुभकामना कार्यक्रम सम्पन्न