आइएस विरुद्ध फ्रान्सले गर्याे मिसाइल आक्रमण

आइएस विरुद्ध फ्रान्सले गर्याे मिसाइल आक्रमण
पेरिस–आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस)को मुख्यालयमा फ्रान्सले पहिलो पटक क्रुज मिसाइल आक्रमण गरेको छ। फ्रान्सको रक्षामन्त्रालयले पहिलोपटक आइएस विरुद्ध क्रुज मिलाइल आक्रमण गरिएको जनाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
'स्क्याल्प' नामक मिसाइलको प्रयोग फ्रान्सले संयुक्त अबर इमिरेट्स र जोर्डनस्थित आफ्नो लडाकु विमानमार्फत गरेको हो। सो आक्रमणमा आइएस प्रमुखको मुख्यालय, प्रशिक्षण स्थल र सामरिक डिपो ध्वस्त भएको बताइएको छ। यो मिसाइलको प्रयोग पहिलो पटक २०११ मा पहिलो पटक लिबियामा गरिएको थियो। गत महिना फ्रान्सको पेरिसमा भएको आतंकवादी आक्रमणको जिम्मा आइएसले लिएपछि फ्रान्सले सिरिया र इराकमा आइएस विरुद्ध आक्रमण तीब्र पारेको छ। पेरिस आक्रमणमा १३० जनाको ज्यान गएको थियो।

Comments

Popular posts from this blog

जेसीआई खाँडादेवीद्वारा ‘पब्लिक स्पिकिङ ट्रेनिङ' भव्य रूपमा सम्पन्न ।

खाँडादेवी जेसीजको पाचौँ वार्षिक साधारणसभा तथा शाखा अधिवेशन सम्पन्न

खाँडादेवी जेसीजको क्यालेन्डर विमोचन एवं शुभकामना कार्यक्रम सम्पन्न