धादिङमा बस र माइक्रो ठोक्किँदा ३ को मृत्यु
पृथ्वी राजमार्ग अर्न्तगत धादिङको धुषा गाँउ विकास समितिको वडा नं १ चरौदी बजारमा सोमबार दिउँसो बस र माईक्रो एक आपसमा ठोक्किँदा ३ जनाको घट्नास्थलमानै मृत्यु भएको छ ।
काठमाडौंबाट पूर्व गइरहेको ना ५ ख ७०८३ नम्बरको याुत्रवाहक बस र काठामाडौं जाँदै गरेको ग १ ज ५४३५ नम्बरको माईक्रो एक आपसमा ठोक्किएको हो।
घटनामा ३ जना घाइते भएका छन्। घाइतेहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ। प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरिरहेका छन्।
राजमार्गमा अवरोध नरहेको प्रहरीले जानकारी दिएको छ।
Comments
Post a Comment