अचानक यसकारण बढ्यो काठमाडौंंमा चिसो
काठमाडौं । वा
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलले हावा पनि नचलेका कारण प्रदूषण एकै ठाउँमा जम्मा भएर बसेको बताउदै धेरै समय बादल लागेर धुम्म हुँदा न्यूनतम तापक्रम घटेको जानकारी दिए ।
राजधानीको न्यूनतम तापक्रममा आजबाट गिरावट आएको छ । हिजो ३ दशमलब ५ डिग्री सेल्सियस रहेको राजधानीको तापक्रम आज ३ दशमलब ४ डिग्री सेल्सियसमा झरेको पौडेलले बताए । आज दिनभरजसो काठमाडौंमा घाम लागेन ।
अधिकतम तापक्रममा समेत आज गिरावट आएको छ । केही दिनअघिसम्म राजधानीको अधिकतम तापक्रम २३ डिग्री सेल्सियस रहेकोमा आज १६ डिग्रीमा झरेको महाशाखाले जनाएको छ ।
भारत र चीनको बेइजिङमा पनि प्रदूषण बढेको छ ।

Comments
Post a Comment