फुटबलको खानी अर्जेन्टिनाका केही रोचक तथ्यहरु
अर्जेन्टिनीहरुलाई हाँसोठट्टा गर्न मन पराउने तर निकै परिश्रमी मानिसहरु भनेर चिनिन्छ । परिश्रम तथा शैक्षिक स्तर अब्बल हुनाकै कारणले गर्दा व्यवसाय सूचकमा यो देश उकालो चढिरहेको छ । तथापि शिक्षाको तुलनामा अर्जेन्टिनीहरुको स्वास्थ्यमा भने सुधार आउन सकेको छैन । लाखौँ अर्जेन्टिनीहरु विभिन्न खाले मानसिक स्वास्थ्य समस्याबाट पीडित छन् ।
निद्रा
रातमा निद्रा नपुगेर के भो त ? अर्जेन्टिनीहरु दिउसै सुत्न भुल्दैनन् । अर्जेन्टिनाका केही विद्यालयहरुमा तथा कार्यालयहरुमा समेत दिउसोको खाजा पछि केही समयका लागि विद्यालय तथा कार्यालय बन्द गरिन्छ । त्यतिबेलासम्म कर्मचारी र विद्यार्थी समेत एक झप्को सुत्न पाउँछन् । होटलहरुमा त दिउसो झपक्क निदाउनका लागि अलग्गै सुविधा हुन्छ ।

भोक
यिनीहरु खानपिनका शौखिन हुन्छन् । यिनीहरुको भोक तबसम्म मेटिँदैन जबसम्म गाइको मासु अर्थात् बिफ खान पाउँदैनन् । अर्जेन्टिनामा हरेक व्यक्तिले वर्षमा औषतमा ९७ किलो गाइको मासु खान्छन् । गाइको मासुको खपतको हिसाबले अर्जेन्टिना विश्वमा हंगकंगपछि दोश्रो स्थानमा रहेको छ ।

आनन्द
अर्जेन्टिनीहरु प्रायः खाली समयमा फुटबल खेल्ने तथा रेडियो सुन्ने गर्दछन् । एक सर्भेक्षणका अनुसार अर्जेन्टिनीहरु हप्तामा २० घण्टा त रेडियोमा गीत सँगीत सुनेर आनन्द भोग गर्दछन् ।

संघर्ष
अर्जेन्टिनीहरु सानो भन्दा सानो खुसीको पनि उत्सव मनाउन चाहन्छन् । तर स्वास्थ्यले भने साथ दिएको हुँदैन । धेरै अर्जेन्टिनीहरु मानसिक स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेका छन् । त्यसैले होला त्यहाँ मनोचिकित्सकहरुको संख्या धेरै छ । हरेक एक लाख जनसंख्याका लागि एकजना मनोचिकित्सक छन् अर्जेन्टिनामा ।

अन्य रोचक प्रसँग
कसैले खानपिनको निम्तो दियो भने उनीहरु पाहुना बन्नका लागि निर्धारित समयमा कहिल्यै पुग्दैनन् । तर यस्तो ढिलाइ गर्दा निम्तो गर्ने व्यक्तिले दिक्क मान्दैनन् । किनकी आफुले बोलाएका पाहुना समयभन्दा एक घण्टा ढिलो आउँछन् भन्ने बानी सबैलाई परिसकेको छ ।

जन्मदिनको अवसरमा अर्जेन्टिनीहरु ह्याप्पी बर्थ डे भन्दैनन्, केवल ह्याप्पी डे भन्दछन् ।
अर्जेन्टिनीहरुमा केही रुढीवादी संस्कार पनि छन् । बच्चाहरुलाई खराब नजरबाट बचाउनका लागि भन्दै उनीहरुले बच्चाका नाडीमा रातो रिबन बाँधिदिन्छन् ।
एजेन्सीको सहयोगमा
Comments
Post a Comment