‘धुर्मुस-सुन्तली’को रामेछापको मन्थलीबाट सरसफाई अभियान सुरु
हास्य कलाकार एवं नेपालको सरसफाई दूत सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले सरसफाई तथा स्वच्छता र जन्मदर्ता अभियान सुरु गरेका छन् । अभियानको सुरुवात मंगलबार रामेछापको सदरमुकाम मन्थलीबाट भएको छ । ७५ वटै जिल्लामा यो अभियान पु¥याउने लक्ष्य लिएका यी अभियान्ताले मन्थलीमा प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, खानेपानी विभाग प्रमुख, सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका प्रमुखहरु, नागरिक समाजका अगुवा, उद्योग वाणिज्य संघका प्रतिनीधि, पत्रकार, बुद्धिजीवि, महिला समूह लगायत सबै निकायका अधिकारीहरु बिच सरसफाइ स्वच्छता र जन्मदर्तासम्बन्धी अन्तरक्रिया गर्नुका साथै सबैलाई प्रतिबद्धतासमेत गराएका छन् ।
अभियानमा जिल्लाका प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेल, स्थानीय विकास अधिकारी, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रमुख तथा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि समेतले साथ दिएका थिए। सरकारले सन् २०१७ सम्मका लागि सरसफाइ राजदूत बनाएको उक्त जोडी नेपालभर सरसफाइको अभियान लैजान रामेछापबाट पसेको हो । सरसफाइको क्रममा कलाकारद्वयको योगदानलाई मन्थलीबासीले खुबै प्रशंसा गरिरहेका थिए ।
Comments
Post a Comment