चिसोमा अत्याधिक रुघाखोकीले सताएको छ ? अपनाउँनुस् यि ५ उपाय

Khoki
Design and Press, काठमाडौं । अहिले जाडोको सिजन छ । जोडोको समयमा मानिसमा अनेकौं रोगहरु पनि लाग्ने गर्छन । जाडोको एउटा मुख्य समस्या कफ (रुघाखोकी) हो । खोकी लाग्नुको एउटा ठूलो कारण हो टाउको, खुट्टा, छाती र कानमा लाग्ने चिसो हावा । जाडो सिजनमा कसरी बच्ने त रुघाखोकीबाट आज हामी केहि चर्चा गर्दैछौं ।
१) चिसो मौसममा रुघाखोकी लाग्नु सामान्य समस्या हो । रुघाखोकी पानी र चिल्लो पदार्थ कारण पनि लाग्छ । आयुर्वेदमा खोकीलाई भारी, जाडो, मृदु, चिल्लो, मीठा र स्थिर आदि गुणबाट युक्त मानिएको छ । शरीरमा सिगान बग्ने समस्या धेरै समयसम्म रहन्छ, र कैयौपटक एकदमै पीडा पनि हुन्छ । त्यसैले पानी सधैं तातो खानु पर्छ भने चिल्लो पदार्थ एकदमै कम मात्रामा खानु पर्छ ।
२) दूधबाट बनेको बस्तुहरु बस्तुहरुले पनि रुघाखोकी लाग्छ । त्यसैले घ्यू, मक्खन, दुध, दहिजस्ता दूधजन्य पदार्थको सेवन पनि कम गर्नु पर्ने हुन्छ ।
३) धेरै सेलरोटी, पुरी र चिल्लो पदार्थयुक्त खाना नखानुस् । यसमा धेरै चिल्लो हुन्छ जसले शरीरमा जलन पैदा गर्छ र इम्यून सिस्टम कमजोर हुन्छ । यस्तोमा शरीर चिसोको खोकीसँग लड्न सक्दैन् । मीठो र भारी पदार्थहरुको अधिक सेवन गर्दा पनि खोकीको समस्या हुन्छ ।
४) फास्ट फूड र प्रोसेस्ड फूड अर्थात पकाउँदै प्याकेटमा बन्द फूड त जाडोयाममा मात्र नभई हर स्थितिमा मानव शरीरका लागि प्रतिकुल हुन्छ । यसले मानव शरीरमा नोक्सान गर्छ भने पोषक तत्व पनि हुँदैन् । उल्टै इम्यून सिस्टम खराब हुने खतरा अझै बढछ । त्यसैले यो नखानुस् ।
५) मदिरा पनि यो स्थितमा अझै खतरनाक साबित हुन्छ । मदिरामा रहेका तत्वले शरीरलाई इन्फेक्शनसँग लड्ने क्षमता कमजोर बनाइदिन्छ र साथै डीहायड्रेट (पानीलाई सुख्खा) पनि गरिदिन्छ । जबकि खोकीमा शरीर पूरै तरिकाबाट हायड्रेटेड रहनुपर्छ अर्थात शरीरमा पानी र तरलता बनिरहनुपर्छ

Comments

Popular posts from this blog

जेसीआई खाँडादेवीद्वारा ‘पब्लिक स्पिकिङ ट्रेनिङ' भव्य रूपमा सम्पन्न ।

खाँडादेवी जेसीजको पाचौँ वार्षिक साधारणसभा तथा शाखा अधिवेशन सम्पन्न

खाँडादेवी जेसीजको क्यालेन्डर विमोचन एवं शुभकामना कार्यक्रम सम्पन्न