खुल्यो ५५१ जना शाखा अधिकृतको जागिर (विज्ञापन सहित)

खुल्यो ५५१ जना शाखा अधिकृतको जागिर (विज्ञापन सहित)

Image Title
Wednesday 9th of December
काठमाडौँ, २३ मङ्सिर, लोकसेवा आयोगले नेपाल सरकार निजामती सेवा तर्फ रिक्त रहेका पदहरुमा पदपूर्ति गर्ने उद्देश्यले यो वर्ष पनि ठूलो संख्यामा अधिकृतहरुको दरखास्त आब्हान गरेको छ । आयोगले राजपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक) तर्फको शाखा अधिकृत पदको आवेदन माग गरेको हो । आयोगले आज सार्वजनिक गरेको सूचना अनुसार जम्मा ५५१ शाखा अधिकृत पदमा आवेदन माग गरेको छ । माग गरिएको आधारमा खुल्ला तर्फ विभिन्न सेवा र समूह अन्तर्गत जम्मा ३१० जनाको माग गरेको छ भने समावेशीतर्फ महिला ७९ जना, आदिवासी/जनजाति ६४ जना, मधेसी ५५ जना, दलित २२ जना, अपाङ्ग १५ जना र पिछडिएको क्षेत्र तर्फबाट ६ जना माग गरिएको छ ।

आयोगले जनाएअनुसार सो पदकालागि आगामी पुस १४ गतेभित्र दरखास्त दिन पाइने र दोब्बर दस्तुरमा पुस २१ गतेसम्म पनि दरखास्त दिन पाइनेछ । यसैगरी दरखास्त दिँदा परीक्षा दस्तुरबापत १००० र प्रत्येक समावेशी समूहको लागि थप ४०० तथा न्याय र परराष्ट्र सेवाको थप पत्रको लागि छुट्टाछुट्टै रु. ४०० लाग्ने पनि जनाएको छ । यो पदको लागि प्रथम चरणको परीक्षा आगामी माघ २३ गते दिनको २ बजेबाट हुने तथा सो परीक्षा उत्तीर्ण हुनेहरुको लागि द्वितीय चरणको परीक्षा आगामी चैत्र १८ र १९ गते तथा चौथो पत्रको ऐच्छिक विषयको परीक्षा चैत्र २० गते हुने जनाएइको छ । यता आयोगले यो पटक भने दरखास्त दिन अनलाइन माध्यमको प्रयोग गर्नुपर्ने बताएको छ । यसअघि फाराम भरेर बुझाउनु पर्ने व्यवस्था भए पनि प्रविधिको प्रयोग गर्दै अब घरघरबाट अनलाइनबाटै फर्म बुझाउन सकिने आयोगले व्यवस्था गरेको छ ।
हेर्नुहोस् आज प्रकाशित सूचनाको पूर्ण विवरण :


Comments

Popular posts from this blog

जेसीआई खाँडादेवीद्वारा ‘पब्लिक स्पिकिङ ट्रेनिङ' भव्य रूपमा सम्पन्न ।

खाँडादेवी जेसीजको पाचौँ वार्षिक साधारणसभा तथा शाखा अधिवेशन सम्पन्न

खाँडादेवी जेसीजको क्यालेन्डर विमोचन एवं शुभकामना कार्यक्रम सम्पन्न