सगर ग्यास नपाएपछि उद्योग नै तोडफोड
मंसिर २१, काभ्रे ।
काभ्रेमा दिनभर लाइन लागेर पनि ग्यास नपाएपछि उपभोक्ताले उद्योगमा नै तोडफोड गरेका छन् । उग्रतारा जनागाल २ स्थित सगरमाथा ग्यास उद्योगमा लाइन लागेका उपभोक्ताले नाराजुलुश पछि तोडफोड गरेका हुन् । उपभोक्तासंगको झडपमा नायव निरिक्षक सहित ७ प्रहरी घाइते भएका छन् । ४ जना सर्वसाधरण पनि सामान्य घाइते भएका छन् । सगर ग्यासको एक बुलेट सिलिण्डर आएको सुचना पाएलगत्तै करिब ३ हजार ५ सय उपभोक्ता उद्योग परिसरमा लाइन लागेका थिए । आक्रोशित उपभोक्ताले नाराजुलुश गर्दै कालोबजारी रोक्न माग गरेका छन् । ढुंगामुढा भएपछि कर्मचारी पर्खाल नाघेर भागेका थिए झडप भएपछि लाइन बसेका उपभोक्ता सिलिण्डर बोकेर फर्किएका छन् ।

Comments
Post a Comment